–श्लोक सिंह श्रेष्ठ
श्री नमुना आवासीय माध्यमिक बिधालय
कक्षा -७ पर्बत कुस्मा बजार
अघिल्लो हप्ता देखि हाम्रो कुस्मामा महोत्सव सुरु भई राखेकोले कुस्मा बजार चहलपहल हुनु स्वभाबिक थियो ।दैनिक दिन भर रात भर नाच गान,खेलकूद,रमाइलो मेला जस्ता खालका क्रियाकलाप भईरहेको छ।टाढा टाढा बाट मानिसहरु आईरहेका छन ।यसले गर्दा मलाई पनि त्यहाँ जान उत्सुक थिए तर समस्या थियो दैनिक स्कूल जानु पर्ने भएकोले समय मिली रहेको थिएन।
गत शनिबार भने घरमा कुरा गरे र अन्य साथीहरु सँग छलफल गरेर सबै जना सँगै जाने निधो गरियो र हामी सबै जना साथीका आफ्ना आफ्ना ममीका साथ दिउँसो १ बजे कार्यक्रम स्थल गयौ। त्यहाँ पुग्ने बितिकै सोचेको भन्दा धेरै फरक पायौ।अघिल्लो बर्ष पनि आएको थिए तर अहिले पहिले भन्दा धेरै फरक रहेछ।
हामी सबै जना जाने बितिकै खेल खेल्ने तिर गयौ भने सबै ममीहरु भने किनमेल तिर लाग्नु भयो।पहिले आऊदा रोटे पिंग मात्र देखेको थिए भने अहिले धेरै नया नया प्रबिधी युक्त खेल देखने मौका मिल्यो।
त्यसैले हामी सबै जना साथीहरु पहिलो पल्ट कुस्मामा आएको भर्चुअल 3ड गेम कस्तो रहेछ भन्ने तिर लाग्यौ।आँखामा बेल्ट बाधे जस्तो गरी सबै जना साथीहरुलाई कुर्चीमा राखेर बाधियो अरु बाहिर केहि नदेखिने गरी।कता कता मनमा डर थियो भने त मनमनै खुसी पनि थिए की यो कस्तो खालको खेल हो र यसमा के के हुन्छ भनेर केहि थाहा थिएन ।यूट्यूबमा देखेको आज प्रत्यक्ष आफै स्वयं त्यों भर्चुअल 3ड गेमको मज्जा लिन पाई रहेको थिए।
त्यस भर्चुअल 3डी गेममा मैले रोलरकोस्टर गर्ने मौका मिल्यो।लाग्यो की म त्यही खेल खेल्दै छु।बास्तबिक लागि रहेको थियो।घरी तल घरी माथि घरी घोप्टो पारेर यताउता चली भागी रहेको थियो सब दृश्य मेरो आँखा भित्र कैद थियो।3 डी का कारण साच्चै खेलेको अनुभूति भएको थियो।आँखामा बाधेको भर्चुअल रियालिटी भिडियो हेडसेटले मलाई कहाँ कहाँ पुर्याएको भान भई रहेको थियो।
पहिलो पल्ट त्यों गेम खेलेको थिए, कति मेरा साथीहरु डराएर त्यों हेडसेट खोलेका पनि थिए।मलाई अहिले थाहा भयो खेल्नका लागी खेल मैदान नचाहीने रहेछ एउटा कुर्चीमा बसेर दाया बाँया बटमका भरमा संसार देख्न सकिने रहेछ।इनडोर र आउटडोर खेलहरु महोत्सवमा मनोरन्जन गर्न सकिने थलोंको रुपमा भएको जस्तो लाग्छ।
हांटेड हाउस,रोलर कोस्टर,रोटे पिंग,स्विंग,मॉउंट एडभेंचर ,बिभिन्न देश घुम्न एकै ठाउँ बाट मिल्दो रहेछ।दिनभर कहिले रोटे पिंग त कहिले नजिकै राखिएका ठुला ठुला टि. भी .मा कुर्चीमा बसी बसी बटम दबाएको भरमा पुरा फुटबल खेल पनि खेल्न मैले सकेको थिए यसरी दिनभर पुरै खेलको मज्जा लिएर हामी सबै जना आ आफ्नो घर तिर गयौ !