“नेपाल डेरी एसोसिएसनको टिम आगामी बजेटको लागि भेटघाटमा जुट्यो “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते, आईतवार १७:५३

फागुन – २६, काठमाडौं, नेपाल डेरी एसोसिएसनको टिमले पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुखहरुलाई भेटी आउँदो वर्षको बजेटमा समेट्नको लागि सुझावका साथ दुग्ध क्षेत्रका विभिन्न विषयमा छलफल गर्‍यो ।

राष्ट्रिय दुग्ध विकास बोर्डमा निमित्त कार्यकारी निर्देशकमा डा. बालक चौधरी नियुक्त भएकोमा नेपाल डेरी एसोसिएसनको टिमले भेटेर बधाई तथा शुभकामना ब्यक्त गरेको छ । भेटको क्रममा आगामी बजेटमा एसोसिएसनसँग सहकार्य गरि काम गर्न र यस वर्षका कार्यक्रममा पनि एसोसिएसनसँग मिलेर काम गर्न अनुरोध गरिएको थियो । बोर्डले साना, ठूला, मझौला र घरेलु डेरी उद्योग सबैलाई सँगै समेटेर लान अनुरोध गरेको कुरा उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।

पशु सेवा विभागमा महानिर्देशक उमेश दाहालालाई एसोसिएसनको टिमले डेरी क्षेत्रमा मिलेर काम गर्न अनुरोध गर्‍यो । दुधको गुणस्तर सुधार गर्न र अहिले बढि भएको दुधको परिणाम घटाउन देशभर दुई समय दुध संकलन गर्न , पशु दर्ता कार्यक्रम शुरु गर्न , पलाष्टिकको भाडामा दुध संकलन नगर्न, छुर्पीको प्याटर्न राइट लिन, दुधको सिजनल मुल्य कायम गर्न लगायतका विषयमा छलफल गरेको कुरा उपाध्यक्ष मनोज घिमिरेले बताए । भेटघाट कार्यक्रममा एसोसिएसनको तर्फबाट अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, केन्द्रिय सदस्य रमेश सन्जेल र एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे सहभागी रहेको कुरा प्रदेश अध्यक्ष घिमिरेले बताए ।

अहिले डेरी क्षेत्रमा विगत धेरै समयबट खपत कम भइ दुध जन्य पदार्थ बटर र धुलो दुध बढी हुन गई उद्योगको चालु पुजी समेत सबै स्टक सामानमा थन्किएको भएर किसानको भुक्तानी समयमै हुन नसकेकोले अत्यन्तै समस्या भएको विषयमा महानिर्देशक दाहालले आफू सार्‍है दुखित भएको कुरा बताए। खपत बढाउनको लागि नेपाल डेरी एसोसिएसनले शुरु गरेको स्कुल दुध दिवसलाई निरन्तर दिन र यसलाई अझ नियमित रुपमा अगाडी बढाउने कुरामा पूर्ण रुपमा सहयोग गर्ने कुरा र आकर्षक खालको सूचना प्रकाशित गरिने कुरामा पनि छलफल भएको कुरा बागमती अध्यक्ष टिका प्रसाद घिमिरेले बताए ।

अब एसोसिएसनले ७५३ वटै पालिका, प्रदेश र सम्बन्धित निकायलाई सकभर भेटेर र भेट्न सम्भावना नभएका स्थानमा लिखित पत्र मार्फत आगामी बजेटका लागि आफ्ना सुझावहरु पठाउने कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु