तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

१३ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा समावेशी साँस्कृतिक कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते, सोमबार ११:२९

शर्मिला विश्वकर्मा, काठमाडौँ

सन् २०१२ को मार्च २१ का दिन देखि संयुक्त राष्ट्र संघले जनचेतनाका लागि विश्व डाउन सिण्ड्रोम दिवस मनाउने घोषणा गर्योल । यही दिन देखि विश्वमा जस्तै नेपालमा पनि डाउन सिण्ड्रोम समाज नेपालले मार्च २१ लाई विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा मार्च महिना भरी डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूको हक हित तथा अधिकार सुनिश्चित होस्, घर परिवार तथा समाज र राष्ट्रले उनीहरूलाई अन्य नागरिक सरहको व्यवहार गरोस् भनेर विभिन्न जनचेतना मूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । मार्च २१ तारिख नजिकिँदै गर्दा डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूका सवालमा समाज, सरोकारवाला निकाय तथा राज्यको ध्यानाकर्षण होस र उनीहरूलाई हाम्रै घर परिवार तथा समाजमा पुनर्स्थापना गर्ने वातावरणको सृजना होस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा हिजो मार्च १० तारिख अर्थात् फागुन २७ गते काठमाडौँको पर्यटन बोर्डमा संयुक्त राष्ट्र संघले तय गरेको ” End The Stereotypes ” ” परम्परागत रुढीवादी सोचको अन्त्य ” भन्ने नारा सहित समावेशी साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न गरेको छ ।

उक्त समावेशी साँस्कृतिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा र नेपाली चलचित्र जगतकी चर्चित नायिका तथा कलाकार ऋचा शर्माले पानसमा दीप प्रज्वलन गरेर गर्नु भयो ।

यस कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यसै संस्था मार्फत सञ्चालित सत्यं दिवा सेवा केन्द्र मार्फत सेवा सुविधा लिइरहेका डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूको पुनर्स्थापना तथा सीप विकास र सीप मूलक तालिमको दिगोपनका लागि आर्थिक सङ्कलन गर्ने र उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सीप लगायतका सवालहरूमा पहुँच पुराउनका लागि व्यवस्थापन फन्ट कोषको स्थापना गरिएको र आगामी ५ वर्षमा रु १ करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेको बताउँदै यो कोषको स्थापना गरिएको ६ महिनामा रु २० लाख रकम जम्मा भएको पनि जानकारी गराउँदै सहयोगी मनहरूलाई धन्यवाद दिनु भयो ।
त्यसै गरी कार्यक्रमका विशेष अतिथि एवं नेपाली चलचित्र जगतकी चर्चित नायिका तथा कलाकार ऋचा शर्माले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूले गरेको नृत्य तथा अन्य क्रियाकलाप हेरे पछि उनीहरू विशेष नभएर सामान्य व्यक्ति सरह भएको र उनीहरूलाई कसैले पनि विशेषको श्रेणीमा राख्न नहुने भन्दै उनीहरू अनुरूपको वातावरण सृजना गरेर यस्ता बालबालिकामा भएको सीप, क्षमता र प्रतिभाको कदर गर्दै अवसर प्रदान गरिनु पर्ने बताउनु भयो । साथै उहाँले कुनै पनि कुराको सुरुवात सकारात्मक सोच र आँटबाट गरिनु पर्ने जसले गर्दा सफलता प्राप्त हुने भन्दै सबैलाई १३ औ विश्व डाउन सिण्ड्रोम दिवस २०२४ को शुभकामना पनि व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सचिव सृजना के.सी.ले हरेक अपाङ्गता भएका व्यक्तिहरूको क्षमताको पहिचान गर्न सक्नु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूमा भएको सीप, क्षमता र योग्यताको सही सदुपयोग गर्ने अवसर पाएमा घर परिवार, समाज र देश विकासमा योगदान दिन सक्ने बताउनु भयो । यसै क्रममा उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले आवश्यकताका आधारमा व्यक्तिगत सहयोगीहरू उत्पादन गर्दै आएको र यसलाई राज्यले आवश्यकताको महसुस गरी व्यक्तिगत सहयोगी उपलब्ध गराउन कदम चाल्नु पर्ने र यस्ता सवालहरू कार्यान्वयन लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग सबैले हातेमाले गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

डाउन सिण्ड्रोम समाज नेपालद्वारा आयोजना गरिएको समावेशी साँस्कृतिक कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्तिहरूमा भएको क्षमताले देश विकासमा ठुलो योगदान दिन सक्ने भन्दै अपाङ्गतालाई असक्षमतासँग जोड्न नहुने बताउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूलाई आय-आर्जन, उद्यमशीलतासँग जोड्दै उनीहरूको सीप, क्षमता र ज्ञानले राष्ट्रलाई योगदान दिन सक्ने बनाएको पनि बताउनु भयो ।

यस समावेशी साँस्कृतिक कार्यक्रममा डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरू प्रदेश अर्याल र लुजःश्रेष्ठले बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियर Lemon Tree Premier नामक 5Star होटेलमा रोजगार प्राप्त गरेको र त्यहाँ हाउस किपिङ् तथा वेटर सर्भिसको काम गर्दा अनुभव सुनाउँदै यदि सक्षम बन्नमा डाउन सिण्ड्रोम समाज नेपालको साथ सहयोग रहेको पनि बताउनु भयो । यस कार्यक्रममा डाउन सिण्ड्रोम समाज नेपाल द्वार सञ्चालित सत्यं दिवा सेवा केन्द्रका डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूले मारुनी, तामाङ सेलो, राष्ट्रिय गीत, लोक भाका, अन्तर्राष्ट्रिय चर्चित गायक माइकल ज्याक्सनको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने ४८ वर्षीय डाउन सिण्ड्रोम अवस्थाकी महिला रिता दुवालले कुमारी नृत्य प्रस्तुत गर्नु भएको थियो । साथै डाउन सिण्ड्रोम अवस्थाका अर्का युवा बेन्जु लामाले बक्सिङ प्रदर्शन गर्नुका साथै गितार बजाएर विभिन्न गीतहरू पनि प्रस्तुत गर्नु भयो भने विशेष अतिथि तथा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्माले पनि डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूलाई उत्प्रेरित गर्नका लागि बक्सिङ खेलेर उत्साहित गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु