एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते, मंगलवार ०६:५२

काठमाडौं, फागुन २८ गते । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएका छन् ।
लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो । उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे । सम्मान वापत टोलीलाई लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ प्रदान ग¥यो । महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।
लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो । सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन् । विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान ग¥यो । सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे । उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाई रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता साह्रानीय रहेको धारणा राखे । गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु