ललितपुर – चैत्र,१, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र ललितपुर दुग्ध व्यवसायी समितिले राष्ट्रिय दुग्ध बिकास बोर्ड र पशुसेवा कार्यालय ललितपुरको सहकार्यमा ललितपुर जिल्लामा रहेका साना तथा घरेलु डेरीहरुको अनुगमन गर्यो।
अनुगमन गर्ने क्रममा दूधको गुणस्तर, भण्डारण र बिक्री वितरणको अवस्थाको बारेमा सुझाव दिनुको साथै पुनः अनुगमन गर्दा फेरि पनि उस्तै कमजोरी पाइएमा कानुनी अनुसार कारबाही गरिने सुझाव दिएको जानकारी राष्ट्रिय विकास बोर्डका दिपेन्द्र अधिकारीले गराए ।
यसरी अनुगमन गर्ने कुराको नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र ललितपुर दुग्ध व्यवसायी समितिले स्वागत गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता रहेको कुरा अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए । यसरी अनुगमन गर्दा व्यवसायीहरु सचेत हुने र सुधार हुने कुरामा आफूले विश्वास लिएको कुरा पशुसेवा कार्यालयका कृष्ण कार्कीले बताए । अनुगमन गर्ने कार्यमा सहकार्य गर्दै ललितपुर दुग्ध व्यवसायी समितीका उपाध्यक्ष दिपक सन्जेलले सहजीकरण गरेको कुरा बताए ।
यसरी अनुगमन गरिएको कुरा व्यवसायीहरुले अत्यन्तै सकारात्मक तरिकाले लिइएको र आफूहरुले सुधार्दै अगाडी बढ्ने कुरा ललितपुर महालक्ष्मी स्थानका डेरी व्यवसायी चौलागाईं डेरीका संचालक शिव चौलागाईंले बताए ।