दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार ६:३१

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा आरबीबीएल–इशान कप तेश्रो फुटसल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ संस्थाका १८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इशानका अध्यक्ष रामविनय श्रेष्ठले जानकारी गराए । सहभागी टिमहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनएलजी इन्स्योरेन्स, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छ«े बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र, सीटीइभीटी, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । विद्युत र वायुसेवा निगमबाट २–२ टिम सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु सोल्टीमोडस्थित चैत्य फुटसल रिक्रिएसन सेन्टरमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु