पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

एनआईएमबीलाई आरआरबीएल–इसान कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार १८:१७

काठमाडौं, चैत ५ गते । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित ग¥यो । एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे । उपाधिसंगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो । दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसंग पराजित भएको थियो । पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो । नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो । रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे । नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पा¥यो ।
प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने । एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । इसान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो । इसानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता थियो । नयाँ खेलकुद ऐन अनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ इसानलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३ औं संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु