एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार १८:५५

सन्जिब दुलाल

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।

बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ । आगामी दिनमा पनि उक्त खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिनुभयो ।

बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा , सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गर्नुभएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले अव को वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने सहयोग गर्नु कुरा राख्नु भएको थियो ।

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिनुभएको थियो । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उहाँले बताउनुभएको थियो । २०५७ सालबाट बाँसुरी बाजा , पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु