मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

टान र गरिमा विकास बैंकबीच सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार २०:३५

काठमाडौँ । देशभरका पर्वतीय पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र गरिमा विकास बैंक लिमिटेडबीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष नीलहरी बास्तोलाले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरमा उपलब्ध गराउने उल्लेख भएको टानका महासचिव बिनोद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै रु ५ लाखसम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने गरिमा विकास बैँकले जनाएको छ । यो सेवा नयाँ बैँक ग्यारेन्टी तथा नविकरणका हकमा लागू हुनेछ । यी सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने टानले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्ने बताइएको छ । सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यलय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । टानमा देशभर दुई हजारभन्दा बढी व्यवसायी आवद्ध रहनुभएको छ ।

सम्झौता कार्यक्रममा टानका अध्यक्ष बास्तोलासहित वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, महासचिव बिनोद सापकोटा र कोषाध्यक्ष पुरुषोत्तम तिमिल्सिनाको सहभागीता रहेको थियो भने बैँकको तर्फबाट सिईओ ढकालसहित सहकायक सिईओ माधवप्रसाद उपाध्याय, मानव संसाधन विभाग प्रमुख सन्जुप्रसाद जैसवाल र निक्षेप स्रोत व्यवस्थापन विभाग प्रमुख भक्तबहादुर केसीको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु