दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामाग्री खरिदमा स्पोर्ट्स युनिभर्सले खेलाडीलाई छुट दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ८ गते, बिहीबार १८:५७

काठमाडौं, चैत ८ गते । बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले आफ्नो १० वार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीलाई सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ । त्यसका लागि स्पोर्ट्स युनिभर्स र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच बिहीबार सम्झौता भएको छ । स्पोर्ट्स युनिभर्सका निर्देशक किशोरकुमार जोशी र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
छुट पाउनका लागि खेलाडीले खेलाडी संघमा सम्पर्क गरी फाराम भर्नु पर्ने छ । सो फारामका आधारमा खेलाडी संघले कार्ड उपलब्ध गराउने छ । सोही कार्डका आधारमा खेलाडीले २० प्रतिशत छुट पाउने छन् । खेल सामाग्री र पोशाक खरिद गर्दा खेलाडीले छुट पाउने निर्देशक जोशीले बताए । बैशाख १ गतेदेखि लागू हुने सम्झौता १ वर्षका लागि कायम रहने छ ।
सोही अवसरमा खेलाडी संघको आयोजनामा चैत १२ गते हुने १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्डका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभाशाली खेलाडी, गजराज जोशी खेल व्यक्तित्व, पारा खेलाडी र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार विजेतालाई पनि स्पोर्ट्स युनिभर्सले गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी गराइयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु