प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक आज बस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार ०९:२१

काठमाडौं ।तीन वटा संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्नेछ।

पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची रहेको छ।

राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु