नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

आज चैत १०गते शनिबार तपाईंको दिन कस्तो ? थाहा पाउनुहोस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १० गते, शनिबार ०५:००

आज – १० चैत्र २०८० शनिवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज साथी भाइसँग समय बित्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । प्रेममा पनि वाधा आउनसक्छ, तर शुभकार्यको चर्चा भने चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सांस्कृतिक कार्यमा सरिक भइने छ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु