तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १० गते, शनिबार २०:४७

काठमाण्डौं । वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेको उपन्यास कृति अशून्यम लोकार्पण भएको छ । प्रज्ञा भवनमा शनिवार आयोजित कार्यक्रममाझ कृतिकार काशिनाथ न्यौपानेसहित प्रा.डा. जयराज आचार्य, प्राध्यापक सर्वराज आचार्य, लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटा र साहित्यकार डा. प्रभा कैनी अशून्यमको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा कृतिकार काशीनाथ न्यौपानेले जगतको प्राक्ट्य कसरी भयो, यसका श्रृष्टिकर्ता को हुन ? भन्ने कल्पनामा घोत्लिदै जाँदा अशुन्यमबाट भएको हो भन्ने दर्शन बोधलाई कृतिमार्फत आफूले दर्शाउन खोजेको बताउनुहुँदै दर्शन बिषयमा पाठकलाई रुचिपूर्वक गहिराईमा जान सजिलो होस् भन्ने हेतुले कथानक रुपमा पात्रमार्फत अभिव्यक्त गर्न खोजेको उल्लेख गर्नूभयो ।

त्यसैगरि प्रा. डा. जयराज आचार्यले साहित्यकार काशीनाथ न्यौपाने वैदिक ज्ञाता रहनुभएकाले उहाँ जस्ता विद्धानको शालिक वेद व्यास सँगै राख्नुपर्ने बताउनुहुँदै अशून्यमको समिक्षात्मक टिप्पणीका क्रममा अशुन्यम कृतिले वेद र विज्ञानलाई जोडने काम गर्ने हुँदा यसले आधुनिक विज्ञान र पुर्विय दर्शनका बीचमा सेतुका रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक सर्वराज आचार्यले कृतिकार न्यौपानेले अशून्यम मार्फत नव दृष्टिकोण दिनुभएको बताउनुहँदै उहाँको लेखनी र चेतनाशक्तिको प्रशंसा गर्नुभयो ।

लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा. डा. पदमप्रसाद देवकोटाले पिताजी महाकवि देवकोटाले लक्ष्मी निबन्ध संग्रहमा चिन्तन व्यवहारिक, दार्शनिक र काल्पनिक हुन्छ भन्ने भनाई उल्लेख गर्नुभएको बारे उदृत गर्नुहँुदै काल्पनिक दर्शनको रुपमा अशुन्यम रहेको धारणा रहेको आफूले पाएको बताउनुभयो ।

त्यसैगरि साहित्यकार डा. प्रभा कैनीले पुस्तक अध्ययनका क्रममा ऊहाँको दर्शन भित्र हराएको बताउनुहुँदै आध्यात्मिक चिन्तन र परिवेश बारेमा पुस्तकमा चर्चा गरिएको र अशुन्य पढ्दै जाँदा लेखक जगत बुझेको दार्शनिक भएको बमोध आफूले गरेको बताउनुभयो ।

पवन पौडेल उद्घोषकको भूमिकामा रहनूभएको उक्त कार्यक्रममा प्रकाशक बुक हिलका संचालक भुपेन्द्र खड्काले पुस्तक पठनिय रहेको उल्लेख गर्नुभयो भने धन्यवाद ज्ञापन गर्नूहुँदै सहजकर्ता अपार पौडेलले कृतिकार न्यौपाने लामो समयसम्म सत्सङ्ग्मा सकृय साहित्यिक धरोहर भएको बताउनुहँुदै उहाँको चिन्तनलाई विश्व्भरि फैलाउन आवश्यक रहेको औल्याउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु