दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज फागू पूर्णिमा देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ११ गते, आईतवार ७:५०

काठमाडौं । आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ ।

आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ । हिन्दूहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुँदा होलीमा साथीभाइ, आफन्तहरुले एक आपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ ।

शुभसाइतमा बसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुण्डाइएको तीनतले चीर ठड्याएपछि होली पर्व सुरुवात भएको हो । होलीकै भोलिपल्टबाट वसन्तब।ऋतुको आगमन हुने विश्वास छ । विशेषगरी, तराईमा विशेष उल्लाससाथ मनाइने होली पछिल्लो समय नाचगान गरेर, साथीभाइ आपसमा मिलेर मनाउने गरिएको छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु