आज देखि रुपन्देहीमा दलित ज्ञान उत्सव सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १४ गते, बुधबार १७:०३

१४ चैत २०८० रुपन्देही, शर्मिला विश्वकर्मा

दलित रिडर र तिलोत्तमा नगरपालिको सहकार्यमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज चैत १४ गते देखि दलित ज्ञान उत्सव सुरु भएको छ । यस दलित ज्ञान उत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं यसै नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले हामी नेपालीको लोक सँस्कृती बोकेको पञ्चेबाजा मध्येको दमाह बजाएर उद्घाटन गर्नु भयो ।

दलित ज्ञान उत्सव कार्यक्रमको उद्घाटन कै क्रममा उहाँले यस ज्ञान उत्सव कार्यक्रमले विभेदका विरुद्ध सकारात्मक सन्देश दिने विश्वास गर्दै समुदायको ज्ञान, सीप र पेशालाई चिनााउने नै दलित समुदाय भएको र उनीहरु नै जातिय विभेदको कारण पछाडि पारिएको भन्दै अबका दिनमा यस्तो विभेको अन्त्य हुनु पर्ने बताउनु भयो ।

यसै क्रममा आयोजक संस्था दलित रिडरका अध्यक्ष रुममणी नेपालीले जातिय विभेदबाट दलित समुदाय र यस भित्रका विभिन्न वर्ग पनि प्रभावित रहेको भन्दै दलित समुदाय ज्ञान विज्ञान र सीपको खानी भएको भन्दै यो दलित ज्ञान उत्सव दलित समुदायको मात्रै ज्ञान उत्सव नभएको र सम्पूर्ण श्रमजीवी र ज्ञान विज्ञानका व्यक्तिहरुको पनि उत्सव रहेको कुरामा जोड दिनु भयो । साथै उहाँले यो उत्सवले नेपाली समुदायमा गुमाउदै गएको सामाजिक न्यायको बाटो पहिल्याउने विश्वास व्यक्त गर्नु भयो ।

यस उत्सवमा दलित उद्मशिलताका ‍विषयमा विकास अर्थशास्त्री शुभाष नेपाली र मानवशास्त्री सुरेश ढकालले प्रस्तुतीकरण गर्नु भयो । त्यसै गरी ज्ञानको जातशास्त्रका विषयमा सामाजिक न्यायका लागि लेखनकर्मी विकास विश्वकर्मा, नेपालको शिक्षा र दलित विषयमा शिक्षा पत्रकार कृष्ण मल्लले, प्रस्तुतीकरण गर्नु भयो ।

दलित रिडरले तिलोत्तमा नगरपालिकाको सहकार्यमा आयोजना गरेको २५० जना भन्दा बढीको सहभागिता रहेको दलित ज्ञान उत्सव कार्यक्रमको पहिलो दिन दलित जनप्रतिनिधिका सपना र सकसका विषयमा सामाजिक न्यायका लागि लेखनकर्मी रामशरण रैदाम, लेखक तथा पत्रकार विश्वाश खड्काथोकीले कला साहित्यमा र जातिय चेत र प्रतिरोधका संङ्गितका विषयमा सामाजिक न्यायका लागि लेखनकर्मी सुर्य वि. क. ले प्रस्तुतीकण गरी सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

उक्त ज्ञान उत्सवमा विभिन्न दलित अधिकारकर्मीहरु, मानवअधिकार्मी सञ्चारकर्मी तथा जनप्रतिनिधिहरुले दलितल समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरु विभेदमा परेको र यो विभेदको अन्त्यका लागि काम गर्दै उनीहरुको श्रम र सीपको सम्मान हुने कार्यमा सबैले सहकार्य गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

दलित रिडरले तिलोत्तमा नगरपालिकाको सहकार्यमा आयोजना गरेको दलित ज्ञान उत्सव आज चैत १४ गते देखि सुरु भएर चैत १६ गते सम्म रहने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु