दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १६ गते, शुक्रबार ३:२५

काठमाडौं, १५ चैत । आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्न लागेको जानकारी गराएको हो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ साल चैत २४ गते पुनःस्थापना भएको थियो । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।

आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्रको प्रत्याभूति हरेक जनताले गर्न सकोस् भन्ने ध्येयका साथ जनआन्दोलन दिवसका दिन विशाल जनप्रदर्शन गर्न लागिएको बताए । अहिले देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो ?’ भन्ने कुरामा विरोधाभाष बाँकी नै रहेको उनको टिप्पणी छ ।

आजपाका उपाध्यक्ष अरुण घिसिङले बेथिति, भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको विरुद्ध वृहत जनप्रदर्शन आह्वान गरिएको बताए । ‘जनआन्दोलन दिवसको सन्दर्भ पारेर यही चैत २४ गतेको दिन बेथिति, भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको विरुद्ध वृहत जनप्रदर्शनसहितको ताम्सालिङ– नेवा प्रदेश भेलालाई सार्थक रुपमा सफल बनाउन आह्वान गरिन्छ,’– ताम्सालिङ– नेवा प्रदेश (बागमती) का इन्चार्जसमेत रहेका घिसिङले भने ।

आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगरले देश लुट र भ्रष्टले तहसनहस पारेको बताए । अहिलेसम्म ठूला दलका नेताबाट बाँडीखाने भन्दा अरु काम हुन नसकेको उनको आरोप छ । अहिले आम जनताहरु निराश भएका र जनताको निराशामा निकास र बदलावका लागि आफूहरु लागिरहेको उनले बताए ।

०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धी संस्थागत हुन नसकेको उनको भनाइ छ । २०७२ सालमा संविधान सभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए । संविधानमा सबै चिज भएपनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ । संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे ।

नेताहरुले नेपाली जनतालाई ढाँट्ने र ठग्ने काम गरेको दाबी गर्दै उनले आफूहरु सार्थक आन्दोलनको उद्घोषको तयारीमा रहेको बताए । उनले नेपाली जनताको पक्षमा परिणाम आउने गरी चैत २४ गतेबाट आन्दोलनको उद्घोष गर्ने तयारी गरेको बताए । चैत २४ गते हुने जनप्रर्दशन आजपाको मात्रै नभएर किसान, मजदुर र पीडितहरुको आन्दोलन रहेको उनको दाबी छ ।

आजपाका उपमहासचिव ज्ञानेन्द्र तामाङले चैत २४ गतेको जनप्रदर्शन विशिष्ट प्रकृतिको हुने बताए । उनले आफूहरु नेपाली जनतालाई अधिकारलाई स्थापित गर्नका निमित्त अगाडि बढेको बताए । नेपालमा रहेका विभिन्न जातजातिहरुको विशेष अधिकार स्थापित गर्न आजपा अग्रसर रहेको उनले भनाइ छ । विभिन्न जातजाति र भाषा भाषीको पहिचान बुलन्द गराउन आजपा अगाडि बढिरहेको उनले बताए ।

आजपाकी सचिव देवी पण्डितले देशमा भ्रष्टाचार बढिरहेको र लुटतन्त्र मच्चिरहेको बताईन् । उनले शान्तिको देश भनेर विश्वले चिन्नेको नेपाल सत्तासिन नेताको कारण बदनाम भएको बताईन् । आम जनता पार्टीले पीडित जनताको आवाज बुलन्द गराउन जनप्रदर्शन गर्न लागेको उनले बताईन् ।

कार्यक्रममा आजपा स्थायी समिति सदस्य तथा पार्टीको उद्योग विभाग प्रमुख सागर पाण्डे, आम आदिवासी जनताजाति मोर्चाका अध्यक्ष पासङ लामा, आइटी आर्मीका सचिव प्रसान्त तिमल्सिना, तामाङ मुक्ति मोर्चाका अध्यक्ष विकेश तामाङ, आम ट्रेड युनियन फेडेरेसनका महासचिव तेजनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु