दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १८ गते, आईतवार १८:०४

काठमाडौं, चैत १६ गते । गीतकार नारायण रेग्मीको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ । नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कंदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धि ‘‘पुर्वको तिष्ठा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो‘‘ गीत छाँयाकंनको तयारीमा रहेको छ भने ‘‘नदेखेको भए तिमीलाई’’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु