तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १९ गते, सोमबार १४:१७

काठमाडौं, चैत १९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ । राखेपले आफ्नो ६० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ । सिनियर÷जुनियर समान २–२ गरी ४ खेलाडी, ८ कर्मचारी (२ करार कर्मचारीसहित), १ पारा खेलाडी र २ खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान १–१ स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिने छ ।
सदस्य–सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएदेखि वार्षिकोत्सवमा थप नयाँ विधाको अवार्ड थप गरिएको थियो । खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानिय तह अवार्ड ५९ औं संस्करणदेखि थपिएको हो ।
कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुती रहने छ । कार्यक्रम अपरान्ह ३ः३० बजेदेखि सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु