दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धार्मिक पर्यटनको विकासका लागि सगरमाथा आरोहण गर्दै पर्यटन व्यवसायी श्रेष्ठ, सहयोगका लागि अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार २०:०६

काठमाडौं, २२ चैत । पर्यटन व्यवसायी कृष्णमान श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यही सिजनमा आफूले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताएका हुन् ।
पर्यटन व्यवसायी श्रेष्ठले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशक २०२३–०३२ लाई सफल पार्न र नेपालको सनातन धर्मलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको बताए । नेपालमा धार्मिक पर्यटनको विकास गर्नसके धेरै लाभ लिन सकिने उनको भनाइ छ । उनले छिमेकी मुलुक भारतमा धार्मिक पर्यटनले राम्रो स्थान पाइरहँदा नेपालमा भने धार्मिक पर्यटनको कुनै गुञ्जायस नरहेकाले यसको विकासका लागि आफूले यो निर्णय लिएको बताए ।
‘समाज र राष्ट्रलाई केही योगदान गरौं भन्ने उद्देश्य राखेर म लगातार लागिराखेको छु । मेरो पेशा पनि पर्यटन भएकाले पर्यटनबाट नै समाजलाई केही गरौं भन्ने सोचेर म यही सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न गइरहेको छु,’– उनले भने ।
पर्यटनको प्रचार–प्रशार गर्ने उद्देश्यले सगरमाथ आरोहण गर्न लागेको र अहिले आर्थिक मन्दीको बेलामा एक्लै उक्त कार्य गर्न असहज परिस्थिति रहेको भन्दै उनले देश विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोगको अपेक्षा राखेकोसमेत बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु