दिलिप स्मृति प्रतिष्ठानले आफ्ना ६ खेलाडीलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २३ गते, शुक्रबार १८:४५

काठमाडौं । दिलिप स्मृति प्रतिष्ठानले आफ्ना ६ खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । प्रतिष्ठानकै आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो बागमती प्रदेश आमन्त्रण तथा सातौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडी सम्मानित भएका हुन् ।
सम्मानित हुने खेलाडीमा ममता रिजाल, सुप्रिका गुरुङ, रोजिना तामाङ, करण धोली, निश्चल धोली र लक्ष्मी खत्री रहेका छन् । सोही अवसरमा समाजसेवी सन्तोष भण्डारी र किशोर गुरुङलाई पनि सम्मान गरिएको थियो ।
पहिलो दिन पुरुष १९ केजीमुनि आयोजक ‘बी’ का आरभ तामाङ, ३१ केजीमुनि द नेक्स्ट लेभलका निशान जर्घा मगर, ४९ केजीमुनि आयोजक ‘ए’ का किरण तामाङ र ३५ केजीमुनि ढल्कोका रिदम बिसीले स्वर्ण जिते ।
महिला ४६ केजीमुनि आयोजक ‘बी’ की सुप्रिमा बजगाईं, २३ केजीमुनि आयोजक ‘बी’ की कृपा गौतम, ६४ केजीमुनि आयोजक ‘ए’ की कञ्चन नेपाली र ५२ केजीमुनि काभ्रेकी एलिना श्रेष्ठ पहिलो भए ।
प्रतियोगिताको पुरुषमा १३ र महिलामा ११ गरी २४ स्पर्धामा १ सय ६५ खेलाडीको सहभागिता रहेको आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु