तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २३ गते, शुक्रबार १८:५४

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !
राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ।सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् आदि विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ।

आहार एकातिर भयो अर्कोतिर खानै नमान्ने बालबालिकाहरूलाई के गर्ने त ? नराम्रो खानाले मानसिक अवस्थामा कस्तो असर पारिरहेको हुन्छ ? राम्रो खानाको मानसिक विकासमा कस्तो भूमिका रहन्छ ? पौष्टिक खाना खाने व्यवहार कसरी विकास गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरूलाई समेत संवेदनशील रूपमा नहेरिने हो भने बाल विकासमा निकै त्रुटी आउन सक्छन् ।

यस्तै विषयहरूको समाधान दिने हेतुले गत चैत्र २१ गते बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै होटेल टिब्बेट इन्टरन्यासनल बौद्धमा सेमिनार तथा तालिम सञ्चालन गरियो। असोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमांडौले आयोजना गरेको उक्त कार्यक्रमलाई जेभियर्स इन्टरनेसनल स्कुलले स्पन्सरसिप गरेको थियो भने आर.ए इभेन्टले सहकार्य गरेको थियो ।

काठमाडौँ ललितपुर र कीर्तिपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपा का प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौँका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद उमङ्ग जङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु