तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मण्डिखाटार एमेच्योर टेनिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २४ गते, शनिबार ६:३६

मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगितामा ६५ वर्ष उमेर समूहको डब्लसमा उपाधि भिडन्त मनोज शमसेर जबरा र विकास जंगबहादुर राणा तथा ध्रुव गुरुङ तथा प्रकाश बोगटीको जोडी बिच हुने भएको छ । मण्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मनोज र विकासको जोडीले विज्ञान प्रधान र राजेन्द्र जंग कार्कीको जोडीलाई ६–१ र ६–१ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसैगरी ध्रुव र प्रकाशको जोडी धीर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीलार्य ६–४, २–६ र १०–८ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
शुक्रबार नै भएका अन्य इभेन्टेसमा सेमिफाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ । ४५ वर्षको सिंगल्समा महेश श्रेष्ठ, प्रदीप शाह, आशिष सिग्देल, सूर्य गिरीले सेमिफाइनलमा स्थान पक्का गरे । महेश श्रेष्ठले सञ्जिव कुमार श्रेष्ठलाई ७–५ र ६–१को स्कोरमा पराजित गर्दा प्रदीपले यज्ञ भण्डारीलाई ६–२, ६–२ को स्कोरमा स्तब्ध बनाए । त्यस्तै, आशिषले युवराज थापालाई ६–० र ६–२ को स्कोरमा पराजित गर्दा सूर्यले गोपी भट्टराईलाई ६–३ र ७–६ को स्कोरमा चुनौती पन्छाएका थिए ।
यसैगरी ३५ वर्षको डबल्समा देव क्षेत्री र दीप जबरा, सिमान्त गुरुङ र भिष्मजंग गुरुङले सेमिफाइनलमा स्थान बनाए । यस्तै, ५५ वर्षको सिंगल्समा विमल कुमार गुरुङ, मनोज शाह,जीवन घिमिरे र प्रदीप शाहले सेमिफाइनलमा स्थान बनाएका छन् ।
४५ वर्षको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठ, धर्म लामीछाने र गोपी भट्टराई, यज्ञबहादुर भण्डारी र सूर्य गिरी र सञ्जिव श्रेष्ठ र मनोज शाहले सेमिफाइनलमा स्थान पक्का गरे ।
५५ वर्षको डबल्समा भगवान कोइराला र प्रकाश बोगटीको, जीवन घिमिरे र सुदर्शन विष्ट, राजु श्रेष्ठ र उत्तम शेर्पा तथा हिमाल शाह र शिब सेढाईंको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु