दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको वैशाख २ गते हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २७ गते, मंगलवार १७:२४

काठमाडौं ।चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको वैशाख २ गते हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । गेरोगीतर्फ सिनियर पुरुष÷महिलामा समान छ÷छ गरी कुल १२ स्पर्धा र जुनियरतर्फ पुरुष÷महिलामा समान दस÷दस गरी २० स्पर्धामा भिडन्त हुनेछन् । यसैगरी पुम्सेको व्यक्तिगत, समुहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट पनि हो । यस प्रतियोगिताबाट तीन महिला र तनि पुरुष गरी छ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा चयन हुनेछन् । सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबै जनही ५० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नेछन् । सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ ।
यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही दस हजार रुपियाँ प्रदान गरिनेछ ।
आइओएफटिसी हेडक्वाटरका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सन् २००० देखि सुरु भएको आइओएफटिसीको उद्देश्य कुनै पनि खेलाडी एकतावद्ध भएर मैत्री वातावरणमा तेक्वान्दोको अनुभव दिलाउनका लागि हो भन्नुभयो । उहाँले नेपालाहिर अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी छनोट गर्ने प्रावधानअनुरुप यसपटक पनि यो प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो ।
यसैगरी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा सहसंयोजक अशोक खड्काले यो खुला प्रतियोगिता भएकोले सबै खेलाडीको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु