एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

नेपाली नयाँ वर्षको स्वागतका लागि ठमेलमा ‘सडक महोत्सव’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार १२:०४

काठमाडौँ, २८ चैत्र । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यसवर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए । ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उनको भनाई छ ।

संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धीत संघ संस्थाको उपस्थितीमा ठमेल सडक महोत्सव गर्न लागिएको बताए । सोही दिन साँझ ठमेलभित्र उत्पादित सामाग्री विक्रिवितरणका साथसाथै सांस्कृतिक कार्यक्रम हुनेछन् ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने उदेश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताए ।

अध्यक्ष शर्माले महोत्सवका लागि सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई मजबुद बनाइएको बताए । उनले ठमेललाई सुन्दर,आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक पिच तथा मर्मत गरिसकिएको बताए ।

यस्तै,परिषद्ले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभि जडान गरिसकेको अध्यक्ष शर्माको भनाई छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभर कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भएकाले बाहिरबाट ठमेल भित्रिने सवारी साधनले बैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु