दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसईई क्याम्प को ५औ संस्करण शुरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार २१:०९

काठमाडौं – नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंमा बुधबार बाट २०८० मा एस ई ई दिने बिधार्थीहरूको २० दिने निशुल्क क्रिकेट क्याम्प शुरू भएको छ । नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यतामा कागेश्वरी मनोहरामा एसईई क्याम्पको उद्घाटन समारोह सम्पन्न भएको हो ।
एसईई क्याम्प ग्रास रूट क्रिकेट बिकासका लागि महत्त्वपूर्ण अभियान भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि रोशन सिंहले नेक्ससले आगामी दिनमा पनि नेपाली क्रिकेट बिकासमा नेक्सस क्रिकेट एकेडेमीको महत्त्वपूर्ण भुमिका हुने समेत सिंहले बताउनु भयो ।
उक्त क्याम्पको उद्घाटन समारोहमा नेपाली कांग्रेस का केन्द्रीय सदस्य गुरु बरालले नेपालको क्रिकेट लाई बलियो बनाउन स्कुल क्रिकेटलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
क्याम्पमा पहाडी जिल्ला डोल्पा हुम्ला, अछाम देखि ईलाम सहितमा ७७ बटै जिल्लाका २०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमका सभापति भरतकुमार शाहीले नेक्सस क्रिकेट एकेडेमी स्थापनाकाल देखि नै ग्रासरूट क्रिकेट बिकासका लागि अहोरात्र लागेको र निरन्तर नेपाली क्रिकेट बिकासमा समर्पण रहने बताउदै समारोहको समापन गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु