गोपी शुक्रबार लन्डन जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार २१:१२

काठमाडौं, चैत २८ गते ।
लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ ।
चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए ।
नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए । नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ । गोपीले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु