दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन, क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २९ गते, बिहीबार १८:०७

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ । बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरु शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मागर चयन भएका छन । समितिको प्रवक्तामा सविता परियार निर्वाचति हुँदा आरके गैरे, रिता कार्की, दिपक दर्जी, विक्रम कार्की, विष्णु बराल, श्रृष्टी शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन ।
राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिती गठन गरिएको बताए ।
कार्यक्रममा लोक दोहोरी कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु