मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार ०३:४८

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ। मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार सार्वजनिक भएको हो।
मोडल, कोरियोग्राफर र होष्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डेले मिस्टर गे नेपालको टिसर्ट सार्वजनिक गरेका हुन्।
मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुको बिहीबारदेखि क्लोजक्याम्प सुरु भएको छ। क्याम्पमा देशभरबाट छनोट भएका १८ जना सहभागी छन्। वैशाख ९ गते आइतबारका दिन छाया सेन्टर ठमेलमा फाइनल भिडन्तमा १८ जना नै सहभागी हुने मायाको पहिचान नेपालका सचिव पाण्डेले जानकारी दिए।
मिस्टर गे नेपालको उपाधि विजेताले बेलायतमा हुने मिस्टर गे वर्ल्डमा सहभागी हुन पाउनेछन्। पुरस्कार राशि प्रथमलाई १ लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार सहित गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा मायाको पहिचान नेपालले गरेको छ।
मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुलाई सम्मान सहित प्रमाणपत्र पनि प्रदान गरिनेछ। सन् २०१३ मा विश्वराज अधिकारीले पहिलो मिस्टर गे हेन्डसमको उपाधि पहिरिएका थिए भने सन् २०१७ मा भएको दोस्रो गे हेण्डसमको उपाधि मनिल सिंहले हात पारेका थिए।
त्यसपछि ६ वर्ष वर्षसम्म हुन नसकेको मिस्टर गे नेपाललाई मायाको पहिचान नेपालले २०२४ मा पुर्नजीवित गराएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी प्रतिष्पर्धाीहरुले ६ वर्षपछि मिस्टर गे नेपाल आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन्।
मायाको पहिचान नेपालले अब देखि हरेक वर्ष मिस्टर गे नेपाल आयोजना गर्ने घोषणा पनि गरेको छ। मायाको पहिचान नेपाल २०८ साल कार्तिकमा मात्रै स्थापना भएको हो।
स्थापनाको ६ महिनामै मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक रेन्बो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलनमा, अमेरिका, बेलायत, जर्मन, भुटान, बङ्गलादेश, भारत, साउथ अफ्रिका लगायत देशबाट सहभागी हुने सुनिश्चित भैसकेको मायाको पहिचान नेपालले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु