अन्तरप्रदेश खेलकुदमा आयोजक बागमती अगाडि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार ०४:१२

चितवन – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष क्रिकेट तथा पुरुष÷महिला फुटबल र भलिबल गरी ५ स्वर्णको टुंगोल लाग्न बाँकी छ ।
सुदूरपश्चिम प्रदेश २१ स्वर्णसाथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्णसाथ तेश्रो स्थानमा छन् । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले समान ११–११ स्वर्ण जितेका छन् भने गण्डकी प्रदेशले ९ तथा मधेश प्रदेशले ३ स्वर्ण हात पारेका छन् ।

पुरुष क्रिकेट ः गण्डकी फाइनलमा

चितवन । गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित ग¥यो ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको १७५ रनको लक्ष्य पछ्याएको कर्णालीले १६ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०६ रन बनायो । कर्णालीका लागि विपिन रावलले ३८ रन बनाउदा मनिश शाहीले १७ तथा विपिनविक्रम शाहीले १३ रन जोडे । गण्डकीका लागि कमल परियारले चार विकेट लिदा विपिन खत्रीले तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७४ रन बनाएको थियो । गण्डकीका लागि इश्वर क्षेत्रीले ६६ रनको अर्धशतकिय पारी खेले । त्यस्तै विपिन क्षेत्रीले ३८ रन बनाउदा सन्दीप क्षेत्रीले २८ रनको योगदान गरे । कर्णालीका लागि दिनेश अधिकारीले पाँच विकेट लिदा दिपेन्द्र रावतले पाँच विकेट लिए ।
बिहीबारै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै मधेस प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मधेसले दिएको १७६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९९ रन जोड्न सक्यो । अब मधेस प्रदेशले फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेशसंग खेल्नेछ ।

महिला फुटबलः कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफ खेलेर स्थगित

चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ ।
भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो ।
पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।
दुई टोलीबीचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबीचको विजेता टोलीले कोशी प्रदेशसंग फाइनल प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।
पुरुष फुटबल ः कोशी फाइनलमा
कोशी प्रदेश अन्तरप्रदेश खेल्कुदअन्तर्गत पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा कोशीले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित ग¥यो ।
कोशीका निखील तामाङ र अभिशेक बिकले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशीका कमल खवासलाई ‘म्यान अफ द म्याच’ घोषित भए ।

बक्सिङ ः बागमतीलाई सर्वाधिक ९ स्वर्ण

अन्तरप्रदेश खेलुकदअन्तर्गत बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ । लुम्बिनीले ५, कर्णालीले ४, सुदूरपश्चिमले ३ र कोशीले २ स्वर्ण जिते । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
पुरुष ४८ केजीमा बागमतीका बागमतीका रविन थापा, ५१ केजीमा बागमतीका लालप्रसाद उप्रेती, ५४ केजीमा बागमतीका मदनकृष्ण डंगोल, ५७ केजीमा बागमतीका निराजन मोक्तान, ६० केजीमा गण्डकीका निश्चल गुरुङ, ६३.५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्द, ६७ केजीमा कर्णालीका प्रासङ सुब्बा, ७१ केजीमा बागमतीका अश्विन धिरन श्रेष्ठ, ७५ केजीमा गण्डकीका तार्जन घर्ती मगर, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावल, ८६ केजीमा गण्डकीका किरण विक, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठ र ९२ केजीमाथि बागमतीका करण तामाङले स्वर्ण जिते ।
महिलाको ४८ केजीमा बागमतीकी सुष्मा तामाङ, ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठ, ५२ केजीमा गण्डकीकी सोनिया बडुवाल, ५४ केजीमा कर्णालीकी अन्जनी तेली, ५७ केजीमा कोशीकी नारिका राई, ६० केजीमा कोशीकी जोनु लिम्बू, ६३ केजीमा बागमतीकी तनुजा नेपाली, ६६ केजीमा सुदूरपश्चिमकी प्रतिक्षा रोकाया, ७० केजीमा कर्णालीकी कोश डोमा शेर्पा र ७५ केजीमा कर्णालीकी सिला महर्जन पहिलो भए ।

भलिबल ः गण्डकी दोहोरो उपाधिनजिक

चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशको महिला र पुरुष दुबै टोली फाइनलमा प्रवेश गरेको छ ।
बिहीवार भएको महिलातर्फको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले हराउँदै फाइनला स्थान बनाएको हो ।
महिलाको पहिलो सेमिफाइनलमा गण्डकीले २६–२४, २५–२०, ११–२५ र २५–१४ को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा बगमतीले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । बागमतीले २५–१०, २५–९ र २५–१७ को जित निकाल्यो ।
पुरुषको पहिलो सेमिफाइनलमा कोशीले कर्णाली प्रदेशलाई ३–१ सेटमा हराउँदै फाइनलमा स्थान बनायो । कोशीले २१–२५, २५–१९, २५–१६ र २५–२० को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ३–१ सेटले हराउँदै फाइनलमा स्थान बनायो । गण्डकीले २२–२५, २५–१७, २५–१९ र २५–२० को जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फको दुबै फाइनल खेल शुक्रबार हुनेछ । त्यसै दिन तेस्रो स्थानका लागि पनि खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु