दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा महिला सशक्तिकरण महोत्सव हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार ४:२३

काठमाडौं, २९ चैत । भूमि अधिकार तथा श्रमिक संगठन नेपालको रचनात्मक क्रियाकलाप विभागको संयोजन तथा व्यवस्थापनमा ‘महिला सशक्तिकरण महोत्सव– २०८१’ को आयोजना गरिएको छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत नेकपाको ७५औं स्थापना दिवसको विशेष अवसरमा आगामी वैशाख १४ गतेदेखि २९ गतेसम्म महिला सशक्तिकरण महोत्सव आयोजना गरिएको जानकारी गराइएको हो ।

महोत्सवको मूल नारा ‘स्रोत, साधन र शक्तिमा समान अधिकार, महिला सशक्तिकरणको मूल आधार !’ रहेको छ । उक्त महोत्सव काठमाडौंको आलोकनगरमा आयोजना गरिएको छ । महोत्सवले महिला सशक्तिकरणको विविध आयामको सन्देश आमरुपमा वहसमा ल्याउन र विचार प्रवाहका साथै आ– आफ्नो व्यवसाय प्रवर्द्धनका माध्यमबाट आर्थिक सवलीकरण गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा महोत्सवमा महिलाहरुबाट व्यापार व्यवसायका पसल स्टलहरु तथा चमेना गृहहरु सञ्चालन हुने बताइएको छ । साथै, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् ।

त्यसैगरी, महिला सशक्तिकरण विविध आयामका मुद्दामा वहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । त्यस्तै कार्यक्रममा भूमि अधिकारबाट बञ्चित महिला र असंगठित महिला श्रमिकहरुको व्यापक सहभागिता रहने आयोजकको भनाइ छ । महोत्सवलाई आफ्ना आवाज सुनाउने ठाउँ नपाएकाहरुको लागि सुनाउने ठाउँ /मञ्च बनाइने बताइएको छ ।

भूमिअधिकार तथा श्रमिक संगठन नेपालकी अध्यक्ष शान्ता चौधरीले उक्त महोत्सव फरक प्रकृतिको भएकाले ऐतिहासिक बन्ने बताईन् । महोत्सवलाई व्यवसायिक रुपले मात्रै नभएर नेतृत्व विकास गर्ने र महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेका महिलाहरुलाई बोलाएर वहस गर्ने बताईन् । महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेकाहरु अहिले काठमाडौं केन्द्रीत भएको कारण काठमाडौंबाट यस प्रकारको महोत्सवको सुरुवात गरिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु