नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार ०४:३२

काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु अटेका छन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

फिल्ममा दिनेश राउतको निर्देशन छ । उनले यही शुक्रवार फिल्म हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने बताए ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ । राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु