तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बलिउड गायक एवं र्‍यापर मेलो डीको नेपालमा भव्य स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार १५:४८

काठमाडौं । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन । भारतको मुम्बईबाट एअर ईण्डिया हुँदै त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा उत्रिएका उनलाई एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थ, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा र सि ईओ डेभिल सिंह राजपूतले संयुक्त रुपमा स्वागत गरे । स्वागतपश्चात संचारकर्मीहरुसँग बोल्दै उनले लाईभ सांगितिक प्रस्तुतीका लागि नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए । शनिवार राती हुने लाईभ सांगितिक प्रस्तुतीलाई लिएर आफू उत्साहि रहेको बताउदै र्‍यापर मेलो डीले नेपाल बसाईका क्रममा पशुपति नाथ दर्शन साथै काठमाण्डौं आसपास भ्रमण गर्ने योजना रहेको पनि सुनाए ।

सो अवसरमा एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभ बहु प्रतिक्षित ईभेण्ट रहेको दाबी गर्दै दर्शकहरु मेलो डीलाई सुन्न आतुर रहेको बताउदै भने मेलो डी लाईभ बहु प्रतिक्षित ईभेण्ट हो र दर्शकहरु मेलो डीलाई सुन्न आतुर हुनुहुन्छ, साथै मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेमा म विश्वस्त छु’। समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थले प्रक्षपण समेत गरे ।

विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ ।

को हुन मेलो डी ?

आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरहरू मध्ये एकको रूपमा स्थापित गरेका मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु