नयाँ बर्ष सम्बृद्ध बर्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार १६:५६

शिव अधिकारी

नयाँ बर्ष सम्बृद्ध बर्ष भन्छन् मानिस कर्म गर्नु छ कति सकिन्न कैल्यै पनि आफ्नै शीप र श्रम पोखि धरती सम्पन्न होला भनि
हो यो गर्नु छ काम हुन्न नगरे के काम यो जीवन
यै सोचि अब धर्ति यो सब मिली खोश्रौ लगाई मन ।। १ ।।
बाली लाउनु पर्छ अन्न फलले ढाकोस् गरा खेत नै
खाना औषधी हो यसै भूवनमा निराश हुन्नन् कुनै
आफ्नो पौरख तेजिलो हुन पुगोस् गर्दै रहुँ सिर्जना
यै बाटो गरि जिन्दगी चलिरहोस् भन्ने छ यो कामना ।। २ ।।
यो धर्ति छ अपार सार सबको पाईन्छ संञ्जिवनी
आउन् सज्जन पौरखी बनि यहाँ रक्षा हवोस् लौ भनि
यार्सा छन् कति ती सिलाजित बुटिं रोगि निरोगी हुने
खोला खोच अपार जंगल सबै सौन्दर्यले ढाकने ।। ३ ।।
यस्तो ठाउँ कहाँ छ मिल्छर कतै संसार ढुड्दा पनि
आउ खोश्रिनु पर्छ यै धरतीको माटो सिपालु बनि
लगाउँ फलफुल अन्न धनले सम्पन्न होलान् सब
हाम्रै पौरख बाँड्नु पर्छ सबमा सन्तुष्ट होउन खुब ।। ४ ।।
आयो बर्ष नयाँ बनेर सबले मनाउछन् उत्सब
त्यो नै उत्सव हो बनोस् सब मिले रंगिन्छ धर्ति अब
कोही बन्छर गालीले कति ठूलो गाली सुनिरन्छु म
यस्तो गर्नु हुदैन सज्जन बनी क्यै काम होस् भन्छुम ।। ५ ।।
यै सोची नव बर्ष यो सफल होस् भन्दैछु देशै भरि
इच्छा यो छ सबै शुखी सबल हुन् हिमाल हासे सरी
मानौ स्वर्ग सरी छ भन्छ जनले त्यो स्वर्ग कस्तो छ र
माटो अमृत दिन्छ कर्म गरदा पाएर हाम्रै भर ।। ६ ।।
फुल्छन फुल गुरासका वनभरी रंगिन भो जंगल
कालो केस सरी छ मेघ नभमा दर्कन्छ संग्लो जल
शोभा स्वर्णिम टाकुराहरु खुले पश्चिम पूर्वोत्तर
यस्तो स्वर्ग समान धर्ति कसरी छोडेर जानु पर ।। ७ ।।
फर्कौँ लौ अब देश सुन्दर हुने हाम्रै न हो पौरख
अर्काको करिया बनेर किन हो बस्नु गरेरै दुुःख
नौलो लाग्छ अनेक छन् शुभ कला यो देशको गर्भमा
त्यस्को खोजी गरेर जीवन वितोस् यै गर्विलो स्वर्गमा ।। ८ ।।
नेता हो अब काम देश कसरी बन्ला नसोचि कन
फाल्नु हुन्न कदापी यो समय हो यो देश बनाउन
बन्दा देश समग्र शान्ति शुखको बाटो उज्यालो हुने
सारा मानिसको मुहार हसिलो हुँदा सबै कल्पने ।। ९ ।।
कोही छैन विदेशमा पनि खुशी मान्छेहरु त्रस्त छन्
आफू छु गतिलो भनि लडिरने बारुद ओकल्दछन्
यस्तै भो कति बर्ष युद्ध गरने युक्रेन ध्वस्तै बन्यो
इज्रायल अशान्त भो अब बुझे यो युद्ध व्यर्थै भयो ।। १० ।।
केनै जित्नु र जित्न सक्छ र को आफै हराय पछि
टिका लाउनु पर्छ जीवन भरि यो रक्त धारा मुछी
यै जानेर सबै सुशान्ति सुखको बाटो बनाउँ अब
मान्छे हुन् हसिला शुखि र रसिला सम्पन्न होउन सब ।। ११ ।।
यस्तै सोच र चाहन मन भरि लागेर यो लेखनी
यौटा साल गएछ फेरि अहिले आएछ अर्को पनि
साराको मन फर्कियोस्् स्वदेशको मुहार फेर्छौँ भनि
नयाँ बर्ष सम्बृद्ध बर्ष शुखको होला सबैको पनि ।। १२ ।।
बाबाधामको कोसेली

शिव अधिकारी नयाँ बर्ष २०८१ आगमनको शुखद उपलक्षमा शुभकामना
तथा बाबाधाम परिवार
बाबाधामक सहयोगी नगर कोटेश्वर काठमाण्डौ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु