भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार १५:०४

भक्तपुर । तिमी जाने सिलगुडी म चाहीँ सिक्किम तिर, डडेलो लाग्यो जस्ता चर्चित गीतका गायक विपुल क्षेत्री भक्तपुर आउने भएका छन् ।
बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहनेछ ।
उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क रु. ५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । ‘उनीलगायत अन्य नेपाली कलाकारहरुको समेत सांगीतिक कार्यक्रम हुनेछ,’ आयोजक औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु