ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

इशान्वीलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार १७:४५

काठमाडौं ।इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन् ।
ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबलटेनिस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी इशान्वीले आफ्नै क्लबकी इम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।
पाटनको गाहबालमा भएको प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्सको फाइनलमा केभीपीपीसीका रिजन शाक्यले सोही क्लबका अर्नव श्रेष्ठलाई ३–१ को हराउदै पहिलो भए । यु–१० मिक्समा नेपाल एपीएम टेबलटेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन् । ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ ले पाखा लगाइन् ।
विजेतालाई ललितपुर महानगरपालिका वडा १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु