” हाम्रो देश “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ४ गते, मंगलवार १३:३६

हामी सबै नेपालीको प्याराे देश नेपाल
दक्षिणमा तराई र उत्तरमा अटल छ हिमाल
डाँडाकाँडा ,खाेलानाला सबै रमाइला
उत्तरमा हिमाल ,पहाड झनै घमाइला।

जनक ,बुद्ध ,जानकी जन्मेकाे याे देश
अरनिकाे ,भृकुटी खेल्ने हाम्रो देश
नेपाल छ मेराे स्वर्ग जस्तो देश
अनि छ जताततै हाम्रो भाषा र भेष।

रुखहरु छन् वनमा, विश्वास छ याे मनमा
हाम्रो देश विश्वको धनी छ पानी र वनजंगलमा
सगरमाथा हो विश्वको सबैभन्दा अग्लो हिमाल
जानकी, भृकुटी, बुद्ध र रामको जन्मभुमि हो नेपाल।

रचनाकार :
नामः यूनिसा परियार
कक्षा : ६
राेल्न: १
स्कुल : सेन्ट जर्ज स्कुल, हाँडीगाउँ, काठमाडौं

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु