भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

आज बैशाख ५ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ५ गते, बुधबार ०५:३९

आज – ०५ बैशाख २०८१ बुधवारको राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । कुनै समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक कार्यमा बाधा आउला । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । जोशजाँगर र उमंग बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु