तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नकाश र कृष्णको सहकार्यमा रहेको ‘मेरे ख्वाब’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ७ गते, शुक्रबार १६:३४

काठमाडौं – भारतीय फिल्म पार्श्वगायक नकाश अजिजको सुमधुर स्वरमा सजिएको ‘मेरे ख्वाब’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा शब्द, संगीत हङकङ निवासी तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनको रहेको छ। गीतलाई प्रियदर्शी बराइलीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार महर्जनको युट्युव च्यानल ‘कृष्ण भक्त महर्जन’ मार्फत सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु