उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

किंरात राई यायाेक्खा साइप्रसले सांस्कृतिक कार्यक्रम गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ८ गते, शनिबार १५:३४

मनिशा अर्याल युरोप

किरात राई यायोक्खा साइप्रस शाखाले उँभौली साकेला पर्व मनाउने भएको छ। आगामी २६ मे आइतबार सांस्कृतिक कार्यक्रम गरि उँभौली साकेला पर्व मनाउने भएको हो।

किराँतीहरूको राष्ट्रिय चाड यलेदोङ को अवसरमा उभौली शाकेला विशेष बृहत साँस्कृतिक कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए।

भाषा,संस्कार तथा संस्कृतिहरु लाई मध्यनजर गर्दै र साइप्रस बासि नेपाली बीच आपसी भाइचाराको सम्बन्ध कायम गर्ने हेतुले साकेला विशेष कार्यक्रम गर्न लागेको किराँत यायोक्खाको अध्यक्ष राईले बताए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा किरात राई यायोक्खा साइप्रसले नेपालबाट चर्चित गायक राजेश पायल राईलाई ल्याउन लागेको छ। युवायुवति माझ लोकप्रिय गायकको सांगीतिक प्रस्तुति सहित साइप्रसमा स्थापित स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने बताएको छ।

कार्यक्रममा सहभागी हुन साइप्रसका सबै शहरबाट बसको व्यवस्था गरिने समेत जानकारी प्राप्त भएको छ।

साथै उपस्थितको लागि आम साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दै एक आपसमा हातेमालो गर्दै अगाडि बढन र सफलता पुर्वक कार्यक्रमलाई सफल बनाउन समेत आयोजक टिमले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु