इलाम: आउँदो बैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुदैंछ ।
उपनिर्वाचनका लागि उम्मेदवारहरु घरदैंलोमा व्यस्त छन् । यसैबीच, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल इलाम-२ मा आफ्नो पार्टीको उम्मेदवार डम्बर खड्कालाई जिताउन इलाम पुगेका छन् ।
इलामको सभालाई सम्बोधन गर्दै पौडेलले बैशाख १५ को उपनिर्वाचनलाई देशकै राजनीतिको दिशानिर्देश गर्ने निर्वाचन भएको भन्दै आम जनतालाई विशेष सजग हुदैं मताधिकार प्रयोग गर्न आब्हान गरेका छन् ।
उनले भने, ‘यो उपनिर्वाचन सरकार बनाउन र भत्काउन महत्वपूर्ण होइन तर यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो । उनले थपे, यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।’
उनले थपे, ‘यो निर्वाचन सामान्य उपनिर्वाचन मात्रै होइन । यो नेपालको राजनीतिक दिशा निर्देश गर्ने पूर्वजानकारी को एउटा संकेत पनि हो ।’
इलाम-२ मा सम्पूर्ण नेपालीको ध्यान केन्द्रीत भएको भन्दै पौडलले देशलाई जिम्मेवार ढङ्बाट अघि बढाउने सिद्धान्त बोक्नेहरुको जित आवश्यक रहेको र यसका लागि डम्बर खड्का उपर्युक्त उम्मेदवार रहेको दाबी गरे ।
पौडलले भने, ‘यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरु यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन् । मिडिया, सञ्चार माध्यमहरुले पनि यो निर्वाचन बाट आउने परीणामले देश कस्तो सिद्धान्त बोक्नेहरुको मनोबल बढ्छ भनेर प्रचार प्रसार गरिरहेका छन् । बुद्धिजीवी देखि आम नागरिक सम्म यो निर्वाचनले देशको ध्यान केन्द्रित गरेको छ र यो निर्वाचनको परिणामले यो देशलाई कुन मोडमा लाजन्छ बनेर बहस गरिहरेका छन् । त्यसैले यो उपनिर्वाचन हाम्रो देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’
उनले थपे, ‘त्यसले यो निर्वाचनमा कसलाई जिताउने भन्ने अधिकार यहाँका आम नागरिकमा छ । तपाईंले हाल्ने एउटा भोटले एउटा प्रतिनिधि मात्रै छनोट गर्दै हुनुहुन्न, यो देश कुन सिद्धान्तले अघि बढोस् भन्ने निर्णय पनि गर्दै हुनुहुन्छ ।’
इलाम जिल्ला पोखरा जत्तिकै पर्यटकीय गन्तब्य बन्न सक्छ : पौडेल
उनले कांग्रेसले जितेमा इलामको भौतिक पूर्वाधार विकासलाई जोड दिइने उल्लेख गरे ।
उनले भने, ‘यहाँका सडक निर्माण गरी यहाँको उत्पादन बजारसम्म पुर्याउन दिगो नीति आवश्यक छ । त्यो नेपाली कांग्रेसले गर्छ । नेपाली आर्थिक विकासको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ । यसका लागि काँग्रेस बलियो हुन आवश्यक छ । कांग्रेसले इलाम २ मा जित्न आवश्यक छ ।’
पौडेलले भौतिक पूर्वाधारको विकास गर्ने सके इलामको कन्यामसम्म आउने पर्यटकलाई इलाम जिल्ला भरि पुर्याउन योजना र पूर्वाधार बनाउन सकिने भन्दै यसका लागि सिङ्गो कांग्रेस लागिपर्ने बताए ।
पौडेलले भने, ‘हामी नयाँ सम्भ्यव्यता को खोजी गरिरहेका छौं । त्यो ठाउँ इलाम हो । इलाम विकास हुँदा इलाम मात्रै हुँदैन समग्र देशको विकास हुन्छ । इलामको पर्यटनले देशको अर्थन्त्रमा वृद्धि गर्छ ।’ उनले थपे, ‘यहाँको चियालाई विश्व बजारमा अझै बढी निर्यात गर्न सके कृषिको विकास हुन्थ्यो, गाउँ छोडेका मानिसलाई योजना बनाएर फर्काउन सकिन्छ । यसका लागि इलाम सुन्दर र सुयोग्य ठाउँ हो ।’