दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्राइट फ्युचर कप फुटसलको उपाधि वेस्ट प्वाइन्टलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १० गते, सोमबार ६:२७

वेस्ट प्वाइन्टले तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नैकापस्थित आयोजकको हातामा भएको फाइनलमा वेस्ट पोइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित ग¥यो ।
उपाधि विजेताले ३५ हजार नगद पुरस्कारसहित ८ लाख ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त ग¥यो । उपविजेताले २० हजार नगद पुरस्कारका साथ ५ लाख २५ हजार रुपैयाँ सम्मको छात्रवृत्ति पायो । सहभागी टिमलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्यामकृष्ण महर्जनले जनाएका छन् ।
वेस्ट प्वाइन्टका केशरजंग भुजेल उत्कृष्ट खेलाडी चुनिए । जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलरक्षक चुनिए भने वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता बने । कंकाली मावि, नैकापले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई श्रीलंकाका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्व प्रमुख हरि खड्काले उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु