तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कर्णाली र बागमती विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ११ गते, मंगलवार ६:०३

कर्णाली प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । चार खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित ग¥यो ।
मुलपानी माथिल्लो मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको थियो । कर्णालीको इनिङमा खेलको प्लेयर अफ दि म्याच चुनिएका ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए । रविन्द्रजंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गरे । गण्डकीका सबै ४ विकेट अमृत गुरुङले लिए ।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १६३ रन मात्र बनायो । गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन प्रहार गरे । सन्दिप खत्रीले इनिङको अन्त्यतिर ११ बलमा अविजित १९ रन बनाएपनि जितका लागि पर्याप्त भएन । कर्णालीका दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १÷१ विकेट हात पारे ।
त्यस्तै बागमतीले लुम्बिनी प्रदेशलाई २५ रनले हराउदै अंक तालिकाको शिर्ष स्थान ओगटेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउर्दै १६२ रनको योगफल खडा ग¥यो । बागमतीका लागी कप्तान रित गौतमले सर्वाधिक ५६ रन बनाए । रामनरेश गिरिले अविजित २८ रन र शुभ कंसाकारले १९ रन बटुले । लुम्बिनीका नरबहादुर सार्कीले ४ तथा कप्तान देव खनालले २ विकेट चट्काए ।
लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट नोक्सानीमा १३७ रनमा अलआउट हुन पुग्यो । लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८ तथा सुनिल भण्डारीले ३४ रन बनाए । बलिङ्गमा रिजन ढकालले सर्वाधिक ३, रामनरेश गिरी र ईशान पाण्डेको नाममा समेत १÷१ विकेट रह्यो । खेलको प्लेयर अफ दि म्याच बागमतीका रित गौतम चुनिएपनि रितले सो अवार्ड रिजन ढकालसंग बाँडेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु