प्रदीप र आयुशमानलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ११ गते, मंगलवार ०६:१९

राष्ट्रिय च्याम्पियन प्रदीप खड्का र आयुशमान हजुर घलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सफलता हात पारेका छन् ।
काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा सहज जित हात पार्ने क्रममा प्रदीपले बोरिस अधिकारीलाई ६–२ र ६–१ तथा आयुशमानले देव आशिष रेउलेलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा आर्यन गिरीले सविन श्रेष्ठलाई ६–० र ६–०, प्रणव खनालले निहालजंग थापालाई ६–३, ४–६ र ६–४, निसान श्रेष्ठले प्रसिद्ध मोक्तानलाई ६–२ र ६–१, प्रणव मानन्धरले गोविन्द नेपालीलाई ७–५ र ६–१, आशिष खड्काले दर्शिल श्रेष्ठलाई ६–३ र ६–२ तथा ऋतिक राणाले प्रीतम परियारलाई ६–१ र ६–२ को सेटमा हराए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेका प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ, अनिल साइ, प्रवेश पन्त, इलम दिक्षित र सन्तोष खत्रीले आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित रचे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ, धीरबहादुर गुरुङ र कर्मा घलेले जित हात पारे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार वाइबा, बाबुकृष्ण कार्की र राम राणा, तुलेश्वर थेङबम, राजु श्रेष्ठ, कुरीमुल्लाह मुस्लिम र प्रदीपबहादुर शाहले सफलता पाए । ४५ वर्षमाथि पुरुष डबल्समा सन्जिवकुमार श्रेष्ठ÷मनोजविक्रम शाह, तुलेश्वर थेङबम÷आशिष सिग्देल, निरेशबहादुर श्रेष्ठ÷गोपाल मानन्धर, अमृत रोक्का÷श्याम तिमिल्सिना र दुर्गा केसी÷रमेश रोक्काको जोडी विजयी भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु