दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इलाम–२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने हाम्रो नेपाली पार्टी, लौरो अभियानको निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ११ गते, मंगलवार १८:५६

काठमाडौं, ११ वैशाख । हाम्रो नेपाली पार्टी, लौरो अभियानले आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने घोषणा गरेको हो ।

हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई ‘मुढा’ चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्याधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौं,’– उनले भने ।
दलहरुले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दाखेरी राजनीतिक दलहरुमा देखिएका जो कमिकमजोरी थियो, भ्रष्टाचार, कुसशान थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’– प्रवक्ता कार्कीले भने ।
आफूहरुले लौरोलाई स्वतन्त्रहरुको छत्रछायाँ बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरु दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ ।
हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरुलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए ।
त्यसैगरी, अधिवक्ता स्वागत नेपालले हाम्रो नेपाली पार्टी, लौरो अभियानले सही समयमा सही निर्णय गरेको भन्दै प्रसंशा गरे । उनले इलाममा हाम्रो नेपाली पार्टीको धेरै शुभचिन्तक रहेको बताए । हाम्रो नेपाली पार्टीले उम्मेदवार थेगिमलाई दिएको समर्थन कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।
दलका उम्मेदवारलाई जिताएको खण्डमा संसद्मा आएर थपडी बजाउने भन्दा अरु कुनै काम नहुने उनले बताए । साथै, उनले जातजातिका कुरा गर्नेहरुलाई कुजातको संज्ञा दिए । क्षेत्री, ब्रामणहरुले पनि पहिचानवादी थेगिमलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । एमाले, कांग्रेस र माओवादीले नेपालीको पहिचानमा धावा बोलेको उनको आरोप छ ।
‘क्षेत्री, ब्रामणहरुले हिजो आमा बुबाको किरिया बसेको बेला किरियापुत्रीको मुखमा मासु कोच्याइदिने यिनै एमाले, कांग्रेस र माओवादी हुन् । यिनीहरुले मेरो पहिचानमाथि धावा बोलेका छन्,’– उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु