पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

न्यु डायमन्ड र एपीएफ विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १२ गते, बुधबार १९:०२

डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा पराजित ग¥यो । न्यु डायमन्डकी सुमित्रा रेग्मी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो खेलमा एपीएफले नेपाल प्रहरी क्लबलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो । एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दि म्याच’ बनिन् । विजेता दुवै टोलीले समान ३–३ अंक जोडेका छन् ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइहरेको प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत प्रदान गरिने छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबार पनि २ खेल हुनेछ । पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने छन् । दोश्रो खेलमा प्रहरीले न्यु डायमन्डको सामना गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु