तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थव विजनेश कलेजमा अनुसन्धनात्मक लेखन तथा सीप विकास तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १५ गते, शनिबार १९:१३

काठमाडौँ । अनुसन्धानदाताले नेपालका विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालार्ई प्राथमिकता दिनुपर्ने बताएका छन् । विश्वविद्यालय अनुदान आयोग र अथर्व विजनेश कलेजले आज यहाँ आयोजना गरेको ‘अनुसन्धनात्मक लेखन तथा सीप विकास कार्यक्रम’का वक्ताले नेपाली विश्वविद्यालयले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

सरस्वती क्याम्पसका सहप्राध्यापक डा खोमराज खरेलले नयाँ अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने भएकाले नेपालका विश्वविद्यालयले अनुसन्धान र खोजलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । “विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकलाई अनुसन्धानले व्यावहारिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा डा दशरथ न्यौपानेले अनुसन्धान क्षेत्रको विकासका लागि बहुविषयक अनुसन्धान आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँ तहसम्म पुगेर गहन ढङ्गले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

नेपाल दार्शनिक अनुसन्धान केन्द्र ९एनपीआरसी०का अध्यक्ष डा तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशको विकासका लागि अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहप्राध्यापक डा सञ्जीवकुमार श्रेष्ठ, डा राजनविलास बज्राचार्य, डा दीपक महतलगायतले अनुसन्धान क्षेत्रले मात्र नयाँ कुरा निर्माण गर्ने भएकाले नयाँ पुस्ता अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने तालिममा अथर्व विजनेश कलेज, मल्पी इन्टरनेशनल कलेज, राजधानी मोडल कलेज, काठमाडौँ कलेज अफ सेन्ट्रल स्ट्रेट र प्राइम सिए कलेजमा अध्यापनरत ३८ प्राध्यापकको सहभागिता छ । उक्त तालिममा अनुसन्धानका क्रममा आवश्यक विषयवस्तुको उठान, उद्देश्य, अनुसन्धान विधि, तथ्याङ्क प्रस्तुतिकरणबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु