दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘आँखा’ को फष्टलुक पोस्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार ६:५४

काठमाडौं ।सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको फष्टलुकसँगै थिम पोस्टर सार्वजनिक गर्दै असार १४ गतेलाई प्रदर्शन मितिको रूपमा बाहिर ल्याएको हो ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन् । आरआर फिल्मसले फिल्मको वितरण गर्न लागेको हो । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतको अभिनय छ । फिल्ममा बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।

स्मिता लामिछाने निर्माता रहेको फिल्मको सम्पादन कृष्ण भण्डारी र निर्देशक योन्जनले मिलेर गरेका छन् । आलोक शुक्लाको छायाङ्कन रहेको फिल्ममा संगीत दीपक आरजेको छ भने द्वन्द्व रेवन्त विक्रम थापाले दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु