काठमाडौं ।तिलक रामदामको “जाली रुमालैमा” बोलको नयाँ गित सार्वजनिक भएको छ ।
दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ । भिडियोमा जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ । त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै अलमल पनि परे जस्तो, दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन् ।
रामदामको शब्द सङ्गीत सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत सम्योजन राजु सोनामले गरेका छन् भने रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि ल्याईसकेका छन् ।