दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

बुढानीलकण्ठ खेलकुद महोत्सव; वडा व्यापी फुटबल प्रतियोगिता आजबाट सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार १०:०२

काठमाडौं । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा मिति २०८१ वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ ।
खेलकुद महोत्सवमा समेटिएका कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल मध्य फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण आजबाट सुरु भएको हो । प्रतियोगिताको आज खेलकुद संयोजक सुमन तामाङद्वारा उद्घाटन भएको थियो ।

आज संचालन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र टाई ब्रेकर पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा टाई ब्रेकर पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी हुन सफल भयो ।

साथै पहिलो दिन को अन्तिम खेल वडा नं ०९ र वडा नं ०८ विच वडा नं ०९ ले ३-० को फराकिलो गोलअन्तरबाट वडा नं. ०८ लाई पराजित गरेको थियो ।

महोत्सवमा फुटबल प्रतियोगिता २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । भोलि १९ गते भने महोत्सवको उद्घाटन रहेकाले फुटबल खेल स्थगित गरिएको जानकारी प्राप्त भएको छ ।

महोत्सवको भोलि १९ गते औपचारीक उद्घाटन नगरपालिका प्राङ्गणमा भए पश्चात नगर परिक्रमा हुने Route को म्याराथन दौड हुने छ । त्यस पश्चात बुढानीलकण्ठ स्कुलको चौरमा सम्पुर्ण विधाका खेलहरू क्रमश सञ्चालन गरिने आयोजक समिति अध्यक्ष एवं खेलकुद संयोजक सुमन तामाङले बताँउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु