२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरीएसियाडमा नेपाल विमोचनराष्ट्रिय खेलसंघ सबलीकरण कार्यक्रम सुरुआज जेठ ५ गते शनिबार तपाईंको दिन कस्तो ? थाहा पाउनुहोस् राशिफलसुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरणमुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायनमा माया नै मायाऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरीगाउँपालिकाको सहकार्यमा लिसंंखुपाखरमा विद्यार्थीलाई १५ दिने व्यक्तित्व विकास र अभिनय तालिमहस्पिटालिटी म्यानेजमेन्टको सर्वोत्कृष्ट गन्तव्य : प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीनेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

सन्जिवलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार ०५:५१

काठमाडौं बैशाख २२ गते । नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कप प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा नेपाल जित कुन्डो मार्सल आर्ट्सप संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०.५ देखि ६२ केजीको फाइनलमा सन्जिवले नागकै सुनिल कठायतलाई पराजित गरे ।
टोखामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनिको फाइनलमा धनगढीका निकेश कठायतले नागका साहिल तामाङलाई हराउदै पहिलो भए ।
म्हिला ५०.५ केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवारले स्वर्ण जितिन् । उर्मिलाले फाइनलमा आफ्नै जिल्लाकी जमुना दनुवारलाई पाखा लगाइन् । महिला ५० केजीमुनि निलम कोइराला शीर्ष स्थानमा रहिन् । निलमले फाइनलमा सुष्मिता राई दनुवारलाई पन्छाइन् ।
प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव शिव थापाले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्पेनका अन्तर्राष्ट्रिय निर्णायक ज्याक्विन मार्सेलो, पोल्यान्डका मिचल चाप्लालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु